अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि
प्रकाशित मिति : 11 July, 2021 7:42 am

काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।
साविक बिजेता ब्राजिललाई उसकै मैदानमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । यससँगै विश्वका सर्वाधिक चर्चित फुटबल खेलाडी लियोनल मेसीले पहिलो पटक आफ्नो देशका लागि उपाधि जिताएका छन् ।
खेल सुरु भएको २२ औँ मिनेटमा अर्जेन्टिनाका लागि एन्जेल डी मारियाले गोल गरेको गोल नै निर्णायक बन्यो ।