१३ बैशाख २०८२, शनिबार

सरकारले भन्यो ‘नेपाल वायु सेवा निगम निजीकरण गर्ने योजना छैन’

प्रकाशित मिति :  11 July, 2021 5:19 pm


काठमाडौ । सरकारले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने योजना नभएको जनाएको छ ।

सरकारले सो निगम बेच्न लागेको खबर पछि विभिन्न पक्षबाट विरोध भएको केही दिन पछि सरोकारवाला मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो जनाएको हो ।

निगमलाई निजीकरण गर्ने तयारी भइरहेको भन्दै अहिले निगमकै कर्मचारी आन्दोलनमा सामेल भएका थिए ।

मन्त्रालयले आइतवार विज्ञप्ति निकालेर निगमलाई निजीकरण गर्ने र निगमलाई रूपान्तरण गर्ने अहिलेसम्म कुनै योजना र कार्यक्रम नभएको जनाएको छ ।

मन्त्रायका सहसचिव तथा प्रवक्ता तारानाथ अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ “नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेको सम्बन्धमा विभिन्न महानुभावहरूबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रूपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै छलफल समेत नभएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”



प्रतिक्रिया दिनुहोस !