११ मंसिर २०७९, आइतबार

बोटलर्स नेपालमा वैदेशिक लगानीको लेखांकन नै छैन

प्रकाशित मिति :  20 July, 2021 9:57 am


काठमाडौं । बहुराष्ट्रिय कम्पनीका कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट बोटलर्स नेपाल लिमिटेड र उसको भगिनी कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडमा स्थापनाकालदेखि हालसम्म कति वैदेशिक लगानी (एफडीआई) भित्रियो भन्ने नेपालका नियामकीय निकायमा स्पष्ट लेखांकन नै नभएको पाइएको छ ।

यस विषयमा जानकारीका लागि उद्योग विभाग र नेपाल राष्ट्र बैंकमा बारम्बार गरिएका सम्पर्कपछि दुवै निकायका अधिकारीहरूले वैदेशिक लगानीको स्पष्ट जानकारी दिन सकेनन् ।

“पञ्चायतकालमा दर्ता भएको कम्पनी रहेछ । त्यो बेलाका कागजपत्र भेट्न सकिएन । यसमा समग्र वैदेशिक लगानी कति हो भन्ने नै जानकारी प्राप्त गर्न सकिएन,” उद्योग विभागका एक वरिष्ठ अधिकारीले भने ।

नेपाल राष्ट्र बैंकका अधिकारीहरूले पनि आर्थिक वर्ष २०५६/५७ यताका मात्रै समग्र वैदेशिक लगानीका रेकर्ड भेटिएले त्यसअघिको लगानीको अवस्थाबारे कुनै जानकारी नभएको बताए ।

भारतीय उद्योगपति नकुल डी. कमानीले २०३५ साल चैत १३ गते तत्कालीन अधिराजकुमारी हेलेनसँग सम्झौता गरेर तत्कालीन १ करोड भारु (तत्कालीन विनिमयमा १ करोड ३५ लाख रुपैयाँ) लगानी गरेर बोटलर्स नेपालमार्फत कोकाकोलाको बोटलिङ/उत्पादन थालेका थिए ।

“त्यसभन्दा अघि नै २०२९ सालतिरै बोटलर्स नेपाल दर्ता भइसकेको थियो,” तत्कालीन समय (पञ्यातकालमा) लामो समयसम्म उद्योग विभागका महानिर्देशक रहेका एक जना पूर्वप्रशासकले भने, “दरबारको संलग्नताबिना त्यो बेला उद्योग खोल्न गाह्रै थियो। के-कति सेयर दिने सहमति भएको थियो भन्ने प्रशासनिक संयन्त्रमा थाह हुने कुरा भएन ।”

सन् १९९३ मा कमानीले आफ्नो ७६ प्रतिशत सेयर सिंगापुर स्थत कोकाकोलाको बोटलिङ प्लान्ट, फिजर एन्ड नीभ कोकाकोला पिटिइ. लिलाई बेचियो । त्यसयता सन् १९९९, २००४, २०११ र २०१४ मा कोकाकोलाको ७६ प्रतिशत सेयर नेपालबाहिर नै किनबेच भएको र त्यसबापत नेपालले पाउनु पर्ने पुँजीगत लाभकरसहित अन्य कर छलिएको विषयमा हाल राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ ।

विस्तृत, टक्सार आर्थिक म्यागजिनमा ।



प्रतिक्रिया दिनुहोस !