१७ श्रावण २०७८, आईतवार

अन्तिम समय पनि टोकियो ओलम्पिक स्थगित हुन सक्ने

प्रकाशित मिति :  ५ श्रावण २०७८, मंगलवार १९:०६


काठमाडौ । आउने शुक्रबारदेखि सुरु हुने भनिएको टोकियो ओलम्पिक अन्तिम समयमा पनि आयोजना स्थगित हुन सक्ने सम्भावना बाँकी रहेको छ ।

टोकियो ओलम्पिक ट्वान्टी ट्वान्टी आयोजक समितिका प्रमुख कार्यकारीले अन्तिम समयमा ओलम्पिक आयोजना स्थगित हुन सक्ने सम्भावनालाई इन्कार गर्न नसकेका हुन् ।

गत वर्ष कोरोना भाइरसका कारण स्थगित भइ यो वर्ष हुन लागेको ओलम्पिक अहिलेसम्म निर्धारित समय तालिका अनुसार शुक्रबारदेखि सुरु हुने भएको हो ।

मंगलबार आयोजित प्रेस सम्मेलनमा प्रमुख कार्यकारी तोशिरो मुतोले आयोजकहरूले स्थितिको पर्यवेक्षण गर्न जरुरी हुने बताए ।

हामीले कोरोनाभाइरस संक्रमितहरूको अवस्था कसरी बढ्ने र स्थिति के हुने विषयमा भन्न नसक्ने उनले बताएका छन् । सबै कोरोनाको अवस्थाले भरपर्ने उनले जनाए ।



प्रतिक्रिया दिनुहोस !