१२ बैशाख २०८१, बुधबार

राष्ट्रिय फुटबल प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

प्रकाशित मिति :  25 July, 2021 1:23 pm


काठमाडौ । फुटबलका राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन्।

राजीनामा लिएर एन्फा कार्यालय गइरहेको जानकारी अलमुताइरीले फेसुबकमा साझा गरेका छन् ।

फुटबलका उच्चस्तरीय पदाधिकारीबाट सहयोग नमिलेको कारण सो फेसबुक पोस्टमा उल्लेख गरेका हुन् ।

“ डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु । र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो । पछिल्लो तीन साताका प्रत्येक दिन उनले मेरोबारेमा नाटक गरेका छन्” । उनले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गर्दै राजीनामाको फेसबुक पोस्टमा उल्लेख गरेकाा छन् ।

अलमुताइरीलाई गत चैतमा प्रशिक्षकको जिम्मेवारी दिइएको थियो।



प्रतिक्रिया दिनुहोस !