१४ बैशाख २०८१, शुक्रबार

फुटबल प्रशिक्षक अलमुताइरीले छानबिनको लागि निवेदन दिए

प्रकाशित मिति :  29 July, 2021 3:35 pm


काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले विवादको छानबिन गर्न निवेदन दिएका छन् ।

साउन १० गते अलमुताइरीले बरिष्ठ उपाध्यक्षका कारण पदबाट राजीनामा दिन लागेको जनाएपछि उत्पन्न विवादका बारेमाा छानबिन गर्न निवेदन दिएका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फामा निवेदन दिएर छानबिनको माग गरेका हुन् ।

“’दुई जना पत्रकारको विषय र वरिष्ठ उपाध्यक्षसँगको विषयमा आवश्यक छानविनका लागि निवेदन दिनु भएको छ” एन्फाका प्रवक्ता किरण राईले भने ।

एन्फामा यसबारे भोलि छलफल हुने भएको छ ।

अमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले केही सातायता आफूलाई दुःख दिएको कारण राजीनामा दिने बताएपछि सामाजिक सञ्जालमा हङ्गामा खडा भएको थियो ।

प्रिय नेपाली फुटबल समर्थक । म आज एन्फा राजीनामाका लागि जाँदैछु र मेरो राजीनामाका कारण हुन् एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ उल्लेख गरी लेखिएको थियो ।

साथै त्यसमा अलमुताइरीले “मलाई लाग्छ अब तपाई खुशी हुनुभयो होला ” उल्लेख गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !