८ बैशाख २०८१, शनिबार

पोखरा रंगशालामा सरसफाइ

प्रकाशित मिति :  31 July, 2021 11:41 am


पोखरा । ६३ औं अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा पोखरा रंगशालामा सरसफाइ कार्यक्रम गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद बिकास समिति र महानगर खेलकुद बिकास समिति पोखराको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम गरिएको हो ।

सरसफाइ कार्यक्रममा राष्ट्रिय खेलकुद समिति सदस्य राजेश गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का अध्यक्ष तेज बहादुर गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार लगायतले खेलकुदको विकास नै सबै खेलकुद संघहरूको एउटै उद्देश्य भएकोले सबै खेलाडी प्रशिक्षक तथा संघमा आबद्ध पदाधिकारीहरू अनावश्यक हल्लाको पछी लाग्न नहुने बताएका थिए ।

कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिमा आवद्ध १५ भन्दा बढी खेलकुदका संघका करिब एक सय खेलाडी, प्रशिक्षक तथा पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।

बक्ताहरुले पोखरा रंगशालामा हरेक हप्ता ५ वटा खेलकुद संघले संयुक्त रुपमा नियमित सरसफाइ कार्यक्रम गर्नुपर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !