२० बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा देशभर ३१२५ जना कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

प्रकाशित मिति :  2 August, 2021 5:18 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा ३ हजार १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १० हजार ६१३ जनाको आरटी पीसीआर र तीन हजार १९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट २ हजार २७९ र एन्टिजेनबाट ८४६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !