१९ मंसिर २०८२, शुक्रबार

पारस खड्काद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा

प्रकाशित मिति :  3 August, 2021 8:45 am


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले आफ्नो दुई दशक लामो अन्तराष्ट्रिय क्रिकेट यात्रा टुंग्याउने घोषणा गरेका छन् ।

एक अपिल जारी गर्दै क्रिकेटर खड्काले अन्तराष्ट्रिय क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका हुन् । उनले भनेका छन्,“ सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तराष्ट्रि क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु ।”

खड्काले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भनेका छन् । उ

नले भनेका छन्,“ २००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ,समर्थन,माया र मौसला दिने प्रशिक्षकहरू,साथी खेलाडीहरू,प्रशंसकहरू, सरोकारवालाहरू,मिडियाकर्मी,मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहने छु । ”

खड्काले एउटा क्रिकेटरका रुपमा मैले आफ्नो,मन,बचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेको बताएका छन् ।

आफ्नो खेल जीवनमा देखेको सपना भनेकै नेपाली क्रिकेटको उन्नती भएको उल्लेख गर्दै भनेका छन्,“ तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्यपनि एउटा नयाँ उचाइमा पु¥याउनेछौं ।”

अन्तराष्ट्रिय क्रिकेटरको रुपमा यात्रा टुंगिएपनि नेपाली क्रिकेटको लागि आफ्नो सपना भने अझै पनि बामे सर्दै गरेको खड्काले उल्लेख गरेका छन् ।

उनले भनेका छन्,“ मैदान भित्रका यी दुई दशक जीवन रहुन्जेल, मिठो यादका रुपमा म सँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाईमा पु¥याउने छौं भनने विश्वास लिएको छु ।”



प्रतिक्रिया दिनुहोस !