२० बैशाख २०८१, बिहिबार

नेप्से ३१११ अंकमा पुगेर नयाँ कीतिमान कायम, उत्साहित बन्दै लगानीकर्ता

प्रकाशित मिति :  3 August, 2021 3:40 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकले आज फेरी सेयरबजारमा नयाँ कीर्तिमान कायम गरेको छ । मंगलबार नेप्से परिसूचक हाल सम्मकै उच्च अंक ३१११.०९ मा पुगेर नयाँ कीर्तिमान कायम गरेको हो ।

सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू उत्साहित छन् ।

आज नेप्से परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ अंकमा पुगेको छ । भने सेन्सेटिभ परिसूचक पनि ५.०६ अंकले बढेर ५७७.५२ अंकमा पुगेको छ ।

नेप्सेमा आज २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । पाँचथर पावर र रूरू जलविद्युत परियोजनाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै अन्य ५ वटा कम्पनीहरु क्रमश जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी र स्वावलम्बन लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा कारोबारमा भएको छ ।

कूल २२३ वटा कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७ सय ७४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !