१५ चैत्र २०८०, बिहिबार

राप्ती समाज दक्षिण कोरियाको ५ औं महाधिवेशन हुने

प्रकाशित मिति :  3 August, 2021 5:29 pm


काठमाडौं । राप्ती समाज दक्षिण कोरियाको ५ औं अधिवेशन हुने भएको छ । यही अगष्ट २९ तारिखमा अधिवेशन हुने भएको समाजले जनाएको छ ।

सन् २००६ मा स्थापना भएको राप्ती समाज दक्षिण कोरियाले साविकको राप्ती क्षेत्रमा मानिसहरुलाई आपतविपतमा सहयोग गर्दै आइरहेको छ भने विभिन्न संघ संस्थासँग सामाजि कार्यका लागि सहकार्य गर्दै आइरहेको छ ।

समाजले अधिवेशनमा सहभागि हुन आग्रह गर्दै भनेको छ,“विभिन्न पेशामा आबद्ध सम्पुर्ण कोरियाबासी राजनीतिक दलका प्रतिनिधि, पत्रकार, व्यवसायी, विद्यार्थी, खेलप्रेमी खेलाडी लगाएत राप्ती समाजका सल्लाहकार, कार्यसमिति पदाधिकारी, शुभचिन्तक सम्पूर्णमा तपसीलको मिति र समयमा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।”



प्रतिक्रिया दिनुहोस !