२२ बैशाख २०८१, शनिबार

नेप्से हालसम्मकै उच्च अंकमा पुग्दा झण्डै १८ अर्बको कारोबार

प्रकाशित मिति :  10 August, 2021 4:00 pm


काठमाडौं । नेपाली सेयरबजारमा आज पनि नयाँ कीर्तिमान कायम भएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक अहिले सम्मकै उच्च अंक ३१६१.४४ मा पुगेर नयाँ कीर्तिमान कायम गरेको हो ।

आज नेप्से परिसूचक ५१.८६ अंकले बढेर ३१६१.४४ अंकमा पुगेर रोकिएको छ भने सेन्सेटिभ परिसूचक पनि १२ अंकले बढेर ५८७.९५ अंकमा पुगेर रोकिएको छ ।

केही दिन यता बजार बढ्न थालेपछि लगानीकर्ताहरुपनि उत्साहित बनेका छन् पछिल्लो समय लगानीकर्ताहरु हाइड्रोपावर र माइक्रोफाइनान्स, फाइनान्समा आकर्षित बनेका छन् ।

मंगलबार नेप्सेमा कारोबार भएका १३ उपसमूहमा १० वटा उपसमूहको सेयर बढेको छ । बाँकी ३ वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक र फाइनान्सको सूचक बढेको छ ।

आज ११ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने ८ ओटा कम्पनीको सेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये जीवन विका लघुवित्तबाहेक बाँकी सबै फाइनान्स र विकास बैंक छन् ।

कूल २२५ वटा कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २ सय ७९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका १३ उपसमूहमा १० वटा उपसमूहको सेयर बढेको छ । बाँकी ३ वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक र फाइनान्सको सूचक बढेको छ ।

त्यस्तै कारोबारको आधारमा आज अपर तामाकोशीको सर्वाधिक सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको ८९ करोड ५८ लाख ९३ हजार ५ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीहरुमा क्रमश अरूण भ्याली, अपि पावर, जीवन विकास लघुवित्त, अरूण काबेली लगायतका कम्पनीहरू छन् ।

आज सबैभन्दा धेरै नाफा गुमाउनेमा सान्जेन जलविद्युत् कम्पनी सहित अन्य कम्पनीहरूमा सिनर्जी पावर, बरूण हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर रहेका छन् ।

आज कूल २२५ वटा कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २ सय १३ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २ सय ७९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !