६ जेष्ठ २०८१, आइतबार

मंगल ग्रह जस्तै परिस्थितीमा बस्न नासाले माग्यो आवेदन

प्रकाशित मिति :  16 August, 2021 2:16 pm


मंगल ग्रहको जस्तो परिस्थितीमा एक वर्षसम्म बस्ने इच्छा गर्ने मान्छेको लागि अमेरिकी स्पेस एजेन्सी नासाले आवेदन मागेको छ ।

जसमध्ये ४ जनाले मंगल ग्रहको जस्तो स्थितीमा बस्ने मौका पाउने छन् । नासाका अनुसार मंगल ग्रहमा आउने चुनौतीसँग लड्नको लागि अध्ययन गर्न लागेको हो । सबै यात्रीलाई मंगल ग्रह जस्तो देखिने परिस्थितीमा राखिने छ । छानिएका ४ जनालाई ह्युस्टनमा बनेको जोनसोन स्पेस सेन्टरमा राखिने छ । जोनसोन स्पेस सेन्टर १७ सय वर्ग फिटमा पैmलिएको छ ।

त्यहाँ ३ डि प्रिन्टरले मार्स डयून अल्फा बनाइएको छ । नासाको अनुसार, पृथ्वीमा बनेको यस सेन्टरमा बस्नाले मनिसको शारीरिक र मानसिक चुनौती सम्झने र त्यससँग लड्नको लागि मद्दत मिल्छ । जुन अन्तरिक्षयात्रीले सामना गर्दछन् ।

मंगल ग्रह अनुसार तयार गरिएको मार्स ड्युन अल्फामा यात्रुलाई धेरै प्रकारका चुनौती मिल्नेछ । त्यहा सुविधा पनि सिमित हुने छ । कसैसँग कुरा गर्नको लागि पनि ढिलो हुने छ । यसबाहेक त्यहाँ भएका उपकरण फेल हुने जस्तो चुनौती सँग पनि लड्नु पर्ने छ । यस अनुसार, अन्तरिक्ष यात्रीको मंगल मिसनमा कस्तो प्रकारको शारीरिक र मानसिक चुनौतीसँग कसरी जुध्न सकिन्छ भनेर पनि बुभ्mने छन् । त्यहाँ मिल्ने खाना पनि रेडी टु इट हुन्छ । जस्तो अन्तरिक्ष यात्रीले खान्छन् त्यहाँ खानाको लागि त्यहिनै मिल्ने छ ।

आवेदनको लागि ३ सर्त रहेका छन्

३० देखि ३५ वर्ष उमेरका धुम्रपान नगर्ने अमेरिकी नागरिकले आवेदन दिन सक्ने छन् ।

फिजिकल फिट हुनुपर्ने ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ, गणित, फिजिक्स वा कम्प्युटर साइन्समा मास्टर डिग्री हुनु पर्ने



प्रतिक्रिया दिनुहोस !