६ जेष्ठ २०८१, आइतबार

हनुमानको नाम कसरी बजरंगबली भयो ?

प्रकाशित मिति :  17 August, 2021 2:28 pm


काठमाडौं । हनुमानको कृपा पाउनको लागी सिन्दुर राम्रो उपाय मानिएको छ । सिन्दुर चढायो भने हनुमानले सबै संकटबाट पार लगाउनु हुन्छ भन्ने मान्यता छ ।

मंगलबार हनुमानको व्रत बसेर पूजा अर्चना गर्दछन् । यसो गर्नले हनुमानले आप्mनो भक्तको सबै संकट हटाइदिनु हुन्छ र भत्तको मनोकामना पुरा गरिदिनु हुन्छ । हनुमानको धेरै नाम त्यस मध्ये एउटा नाम बजरंगबली ।

हनुमानलाई बल र बुद्धिको देबता भनिन्छ । हनुमानले एउटा हातले पुरा पर्वत उठाउनु भएको थियो । पौराणिक कथा अनुसार उहाँको शरीर बज्र समान भएको कारणले पनि बजरंगी नाम भएको हो ।

बजरंगी नाम हुनुको पछाडी एउटा पौराणिक कथा छ । एकदिन हनुमानले माता सीताले सिन्दुर लगाएको देखेर हनुमानजीले सोध्नु भयो तपाईले सिन्दुर किन लगाउनु भएको ? अनि माता सीताले भन्नुभयो आप्mनो पति श्री रामको लामो आयु र स्वास्थ्यको लागि सिन्दुर लगाएको भन्नुभयो ।

त्यसपछि हनुमानले माता सीताको कुरा सुनेर सोच्नु भयो कि सिउँदोमा सिन्दुर लगाउनाले श्री रामलाई यस्तो लाभ हुन्छ भने म पुरै शरीरमा लगाउँछु यसो गरें भने श्री राम अमर बन्नु हुन्छ । श्री रामले हनुमानजीले शरीरभरी सिन्दुर लगाएको देखेर सोध्नु भयो र कारण सुनेर प्रसन्न हुनुभयो । त्यसपछि श्रीरामले भन्नु भयो आजबाट तिम्रो नाम बजरंगबली भयो ।

बजरंग (केशरी) र बली (शक्तीशाली) मिलेर हनुमानको नाम बजरंगबली बनेको हो । त्यसपछि हनुमानलाई सिन्दुर चढाउने चलन चलेको हो । सिन्दुर चढायो भने हनुमान धेरै प्रसन्न हुनुहुन्छ भन्ने पौराणिक कथा छ ।



प्रतिक्रिया दिनुहोस !