२० बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा देशभर ३२७४ जना संक्रमित थपिए, २७ जनाको मृत्यु

प्रकाशित मिति :  17 August, 2021 5:47 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२७४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभर ११५६५ जनाको पीसीआर परीक्षण गर्दा २४५६ जना र ६१२४ जनाको एन्टिजेन परीक्षण गर्दा ८१८ जना गरी कुल ३२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार १ सय २७ जना पुगेको छ । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या ३९८७१ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण संघन उपचार कक्षमा उपचाररतको संख्या ७९० रहेको छ भने भेन्टिलेटरमा हुने संख्या १९१ रहेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार होम आइसोलेसनमा रहेका संक्रमितको संख्या ३६५६५ रहेको छ । त्यस्तै संस्थागत आइसोलेसनमा बसेका संक्रमितको संख्या ३६९६ रहेको छ भने ४१५ जना संक्रमित क्वारेनटाइनमा रहेका छन् ।

अहिले सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ६८७६९ पुगेको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ९३.२ प्रतिशत पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !