१२ बैशाख २०८१, बुधबार

मधुमेहको औषधी लज्जावती झार

प्रकाशित मिति :  22 August, 2021 4:54 pm


काठमाडौं । खराब खानपिन र तनावको बीच अहिले धेरै जनालाई मधुमेह समस्या छ । एकचोटीे मधुमेहले समाइसकेपछि जिन्दगीभर यसले साथ छोड्दैन । मधुमेह भएको मानिसले लापरवाही गर्यो भने अरु रोग पनि लाग्न सक्दछ ।

डाक्टरले मधुमेहका रोगीलाई गुलियो चिज नखान सल्लाह दिन्छन् । साथै नियमित व्यायाम र योग गर्न पनि सुझाव दिन्छन् । यदि तपाईलाई पनि मधुमेह छ भने रगतमा चिनीको मात्रा कम गर्न चाहानु हुन्छ भने लज्जावती झारको प्रयोग गर्न सक्नुहुन्छ ।

लज्जावतीको पात र जराको चुर्ण बनाएर सेवन गर्नाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ । आयुर्वेदमा लज्जावतीलाई औषधी मानिन्छ । यस बुहारी झार पनि भन्ने चलन छ । यसलाई छोयो भने यसको पात जोडिन्छ ।

छोड्यो भने पहिलेको अवस्थामा फर्किन्छ । यसमा धेरै प्रकारको औषधीय गुण पाइन्छ । यो स्वास्थ्यको लागि फाइदा जनक पनि हुन्छ । साथै लज्जावती झारको जरा सेवन गर्यो भने रगतमो चिनीको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

यसको पात र जरासेवन गर्न सकिन्छ । जरालाई सुकाएर धुलो बनाउने र बिहान खाली पेटमा दुध अथवा पानीमा मिलाएर खान सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !