२९ बैशाख २०८१, शनिबार

हातमा कस्तो रेखा भए वैवाहिक सम्बन्ध राम्रो हुँदैन ?

प्रकाशित मिति :  24 August, 2021 5:56 pm


काठमाडौं । हस्तरेखा अनुसार वैवाहिक जीवनका लागि विवाह रेखाको महत्वपूर्ण भुमिका हुन्छ । यस रेखाको लम्बाइ, मोटाई, स्पष्टता बाहेक कुन पर्वतसम्म विवाह रेखा जान्छ काटिएको छ कि छैन यि सबै कुराले संकेत दिन्छ ।

विवाह रेखाले वैवाहिक जीवन कस्तो हुन्छ, सुख मिल्छ कि समस्या हुन्छ, जीवन साथी कस्तो हुन्छ यसको बारेमा थाहा पाउन सकिन्छ । विवाह रेखा कनिष्ठिका औंलाको तल हुन्छ । यो बुध पर्वतको हातको बाहिरबाट भित्र आएको हुन्छ ।

कसरी थाहा पाउने
विवाह रेखा स्पष्ट र गहिरो भए राम्रो हुन्छ । यदि विवाह रेखा काटिएको छ, धेरै रेखा मिलेर बनेको छ वा सानो भए वैवाहिक जीवनमा समस्या आउँछ ।

यदि विवाह रेखा सूर्य पर्वततिर गएको छ भने धनि परिवारमा विवाह हुन्छ ।

एक भन्दा धरै छोटो छोटो विवाह रेखा भए प्रेम सम्बन्धलाई देखाउँदछ ।

बुध पर्वतमा विवाह रेखा धेरै भागमा बाँडिएको छ भने यसले विवाह टुट्ने संकेत हुन्छ ।

यदि महिलाको हातमा विवाह रेखा सुरु भएको ठाउँमा केही चिह्न अथवा सङ्केत भए विवाहमा धोका हुन सक्छ ।

यदि शुक्र पर्वतबाट कुनै रेखा निस्किएर विवाह रेखासम्म पुग्यो भने व्यक्तिको विवाह दुखको कारण हुन्छ ।

 



प्रतिक्रिया दिनुहोस !