२४ बैशाख २०८१, सोमबार

पछिल्लो २४ घण्टामा देशभर २०६५ जना संक्रमित थपिए २५ जनाको मृत्यु

प्रकाशित मिति :  27 August, 2021 5:12 pm


काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर थप २०६५ जना कोरोना संक्रमित थपिएका छन् भने २५ जनाको मृत्यु भएको छ ।

८ हजार ७ सय ५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ७७ र ४ हजार ३ सय ६५ को एन्टिजेन परीक्षणमा ४ सय ८८ जना गरी २ हजार ६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २,३३७ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका छन् । जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२२ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४५४, कास्कीमा १८१, ललितपुरमा १६९, मोरङमा ११२ र भक्तपुरमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मकवानपुरमा ५५, सुनसरीमा ५४, रुपन्देहीमा ५०, काभ्रेपलाञ्चोकमा ४६, चितवनमा ४५, झापामा ३३, स्याङजामा २९, नुवाकोटमा २३, जुम्लामा २१, दोलखामा १८, बाँकेमा ११ तथा धादिङ र सिन्धुलीमा १०÷१० जनामा कोरोना संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !