२० बैशाख २०८१, बिहिबार

२ ओटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

प्रकाशित मिति :  1 September, 2021 4:14 pm


काठमाडौं । नेपाल स्टक एक्सेञ्ज नेप्सेमा २ ओटा अलग अलग कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा नागरीक लगानी कोष र स्वालम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

नागरिक लगानी कोषको ९ प्रतिशत अर्थात २७ लाख कित्ता बोनस सेयर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९।००५६ प्रतिशत अर्थात १५ लाख ६ हजार ६।१५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

ती दुबै कम्पनीको बोनस सेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले कारोबार गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !