८ बैशाख २०८१, शनिबार

मैत्रीपूर्ण फुटबलमा भारतसँग नेपाल २-१ ले पराजित

प्रकाशित मिति :  5 September, 2021 8:00 pm


काठमाडौं ।  भारतसँगको मैत्रीपूर्ण फुटबल अन्तर्गत दोस्रो खेलमा नेपाल २-१ ले पराजित भएको छ ।

आज दरशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल पराजित भएको हो । खेलको दोस्रो हाफमा फारुखले भारतका लागि ६२औ मिनेटमा गोल गरेका थिए भने कप्तान सुनिल क्षेत्रीले ८१औं मिनेटमा गोल गरी २–०को अग्रता दिलाएका थिए ।

नेपालका लागि सान्त्वना गोल ८७औं मिनेटमा तेज तामाङले फर्काए । यसअघि भएको पहिलो खेल ११ को बराबरीमा सकिएको थियो ।



प्रतिक्रिया दिनुहोस !