७ बैशाख २०८१, शुक्रबार

आजदेखि कक्षा १२ को परीक्षा शुरु

प्रकाशित मिति :  15 September, 2021 9:26 am


काठमाडाैं । आजदेखि कक्षा १२ को परीक्षा शुरु हुँदैछ । परीक्षा आज बिहान ११ बजेदेखि शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा असोज ८ गतेसम्म सकिने छ ।

यसअघि बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित गरेको थियो ।

परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले आजबाट शुरु हुने परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए । अर्यालले ४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको बताए ।

परीक्षामा सिट प्लान गर्दा २ मिटर दूरी कायम गरिएको र विद्यार्थीको भीड नियन्त्रण गर्न परीक्षा केन्द्रमा १ घण्टा ३०  मिनेटअघि नै पुग्नुपर्ने सुझाव दिइएको छ ।
पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न सबै केन्द्राध्यलाई निर्देशन दिएको बोर्डले जनाएको छ ।

सबै परीक्षा केन्द्रले हेल्थडेक्स राख्नुपर्ने, ज्वरो परीक्षण गरेर मात्र विद्यार्थी प्रवेश गराउने, अनिवार्य रुपमा सेनिटाइजर, मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने एउटा कक्षामा २५ जनामात्रै विद्यार्थी राख्ने गरी तयारी गरेको छ ।

परीक्षार्थीको प्रश्नपत्र बोर्डले परीक्षण गर्नेछ । बोर्डका परीक्षा सकिनासाथ सबै प्रदेश कार्यालय र सम्पर्क कार्यालयमा उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था गरिने बोर्डले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !