१५ चैत्र २०८०, बिहिबार

सातै प्रदेशमा क्रिकेट प्रशिक्षक नियुक्त,लुम्बिनीमा बसन्त शाही र जमल अन्सारी

प्रकाशित मिति :  18 September, 2021 3:48 pm


काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले सबै प्रदेशमा क्रिकेट प्रशिक्षक नियुक्त गरेको छ । क्यानले सात प्रदेशमा १० क्रिकेट प्रशिक्षक नियुक्ति गरेको हो ।

नियुक्त भएका क्रिकेट प्रशिक्षकमा प्रदेश १ मा पुष्प थापा, प्रदेश २ मा प्रकाश शरमा र सुनिलकुमार साह, बागमती प्रदेशमा सन्जय महर्जन, गण्डकी प्रदेशमा रिजन प्रजु रहेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा बसन्त शाही र जमल अन्सारी, कर्णाली प्रदेशमा वीरेन्द्र शाही र सुदूरपश्चिम प्रदेशमा खेमराज भट्ट र जानकी भट्टलाई प्रशिक्षकमा नियुक्त गरिएको क्यानले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !