१५ चैत्र २०८०, बिहिबार

पछिल्लो २४ घण्टामा देशभर १०९५ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

प्रकाशित मिति :  20 September, 2021 4:48 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०९५ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २९५७ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ भने हाल सम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ८९१ जना होम आइसोलेसनमा र १४३२ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

त्यस्तै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या संख्या ११ हजार ४८ पुगेको छ भने ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस !