३१ बैशाख २०८१, सोमबार

नेपाली कांग्रेसका नेता खड्का परराष्ट्रमन्त्रीमा नियुक्त

प्रकाशित मिति :  22 September, 2021 12:24 pm


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई आज परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हिजो बेलुकी बसेको गठबन्धनको बैठकले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति जुटाएको थियो । नवनियुक्त मन्त्री खड्काले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै छन् ।

खड्का आजैराति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी न्युयोर्क जाने छन् ।



प्रतिक्रिया दिनुहोस !