१ जेष्ठ २०८१, मंगलबार

रोल्पामा भिरबाट खसेर र ढुंगा लागेर एकैदिन तीनजनाको मृत्यु

प्रकाशित मिति :  22 September, 2021 1:00 pm


संकेतिक फाइल फोटो

रोल्पा । रोल्पामा विभिन्न घटनामा एकैदिन तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आमाछोरी र एक जना पुरुष रहेका छन्।

रोल्पा नगरपालिका–९ स्थित हाङ्वाङ भिरबाट खसेको ढुंगाले लागेर स्थानीय २५ वर्षीया सङ्गीता पुन र उनकी २ वर्षीया छोरी कृतिका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

बारीबाट घरतर्फ जाने क्रममा पहाडबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षीय तीर्थलाल थापाको भिरबाट खसेर मृत्यु भएको छ । बिहे भोज खाएर फर्किने क्रममा भिरबाट लड्दा थापाको मृत्यु भएको जानकारी आएको डीएसपी सुवेदीले बताए ।



प्रतिक्रिया दिनुहोस !