१५ बैशाख २०८१, शनिबार

मिर्गौला उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न संसदीय समितिको सुझाव

प्रकाशित मिति :  22 September, 2021 5:03 pm


काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न सुझाव दिएको छ ।

आज बसेको समिति बैठकले सरकारी अस्पतालहरूमा मृगौला डायलसिस सेवालाई प्रभावकारी बनाउन निर्देशन दिँदै विशेष अस्पतालको व्यवस्था गर्न सुझाव दिएको हो ।

समितिले विद्यालय तहको पाठ्यक्रमा समय सापेक्ष स्वास्थ्य सम्बन्धी जानकारी राख्नपनि सुझाव दिएको छ । समितिले डायलसिस मेसिनको संख्या बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्नपनि निर्देशन दिएको सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

मिर्गौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो हुने व्यवस्था गर्न तथा मिर्गौला फेल हुनुको कारण र मृगौला सम्बन्धी रोगबाट बच्ने उपायबारेमा देश भरी नै जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नसमेत समितिले निर्देशन दिएको छ ।

नेपालमा नेफ्रोलिजिष्ट्को दरवन्दी संख्या कम भएकोले समय सापेक्ष बढाउन समितिले भनेको छ ।



प्रतिक्रिया दिनुहोस !