१ जेष्ठ २०८१, मंगलबार

नेता पुनको स्वास्थ्यमा क्रमिक सुधार

प्रकाशित मिति :  27 September, 2021 12:06 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ को स्वास्थ्यमा सुधार आएको छ ।

गृह जिल्ला रोल्पा गएका बेला अस्वस्थ भएपछि काठमाडौं फर्किएका नेता पुनलाई केही दिन यता ज्वरो बढ्ने, वमित हुने लगायतका स्वास्थ्य समस्या देखिए देखिएको थियो । काठमाडौं फर्किएपछि पुनको ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो ।

पुरानो रोगको लक्षणहरू देखिएको र जण्डिसको मात्रा बढेका कारण स्वस्थ्यमा समस्या देखिएको नेता पुनको उपचारमा संलग्न डा. युवराज शर्माले जानकारी गराएका छन् ।

नेता पुनलाई लामो समयदेखि जण्डिसको समस्या बल्झिने गरेको छ । हाल स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको र चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरेर बसिरहेको नेता पुनको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !