१ जेष्ठ २०८१, मंगलबार

नेता पुनलाई थप उपचारका लागि थाइल्याण्ड लैजाने तयारी

प्रकाशित मिति :  28 September, 2021 12:50 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि थाईल्याण्डको बैंकक लैजाने तयारी भएको छ ।

स्वास्थ्यमा खासै सुधार नआएपछि बैंकक लैजाने तयारी गरिएको हो । लामो समयदेखि जण्डिस रोगबाट पिडित नेता पुन गृह जिल्ला रोल्पा गएका बेला गत हप्ता स्वास्थ्यमा समस्या देखिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं फर्किर नेता पुनले सुमेरु अस्पतालमा उपचार गराएका थिए । नेता पुनलाई जण्डिको मात्रा बढेको र वमिट हुने,ज्वरो आउने जस्ता समस्या देखिएको छ ।

उपचार गरेर डिस्चार्ज गरिएपछि स्वास्थ्यमा सुधार आएको अपेक्षा गरिएको थियो तर जण्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनलाई बैंकक गएर थप उपचार गराउन सुझाव दिएका छन् ।

हिजो अध्यक्ष प्रचण्ड नेता पुनलाई भेट्न हिजो उनको निवास बालुवाटार पुगेका थिए । अध्यक्ष प्रचण्डको सल्लाहपछि थप उपचारका लागि बैंकक लैजाने तयारी गरिएको पुनको सचिवालयले जनाएको छ ।

यसअघि पनि नेता पुनको थाइल्याण्डमै उपचार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !