१४ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा ९६८ जना संक्रमित थपिए भने १११४ जना निको भए

प्रकाशित मिति :  5 October, 2021 5:10 pm


काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जना गरी कुल १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १११४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाले ज्यान गुमाएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४५८ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ७१ हजार ३३८ जना निको भएका छन् ।

यस्तै हालसम्म ११ हजार १८० जनाको मृत्यु भएको छ भने हाल देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !