१४ बैशाख २०८१, शुक्रबार

हास्य कालाकार मनोज गजुरेलले गरे विवाह

प्रकाशित मिति :  11 October, 2021 1:14 pm


काठमाडौं । हास्य कालाकार मनोज गजुरेलले विवाह गरेका छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत गजुरेलले आफूले विवाह गरेको जानकारी गराएका हुन् ।

उनले ४ वर्ष पहिले मिना ढकालसँग सम्बन्ध विच्छेद गरेका थिए । गजुरेलले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेको जानकारी गराएका छन् ।

उनले भनेका छन्,“मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो ।

बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।“

उनले आफ्नो व्यक्तिगत जीवनकाबारेमा काल्पनिक समाचार नलेखिदिन आग्रह पनि गरेका छन् । उनले भनेका छन्,“सम्पूर्ण मिडियाकर्मी साथीहरूलाई सादर अनुरोध छः कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला ।

मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला ।”



प्रतिक्रिया दिनुहोस !