१४ बैशाख २०८१, शुक्रबार

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

प्रकाशित मिति :  13 October, 2021 7:06 pm


काठमाडौं  । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।  आज मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १-१ को बराबरीमा खेल्दै नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गरेको   हो ।

खोलको पहिलो हाफको ८ औं मिनेटमै बंगलादेशले सुमन रेजाको गोलमा अग्रता लिएको थियो ।

फाइनल प्रवेशका लागि खेल जित्नै पर्ने दाबावमा रहेको बंगलादेश विरुद्ध अन्जन विष्टले ८६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपालको फाइनल यात्रा तय गरेका हुन् ।

बंगलादेशसँग बराबरी खेल्दै नेपालले ७ अंक बटुलेको छ । बंगलादेश भने ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ । आजै हुने दोस्रो खेलमा माल्दिभ्स र भारत भिड्दैछन् ।

खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ भने बराबरीले भए माल्दिभ्स फाइनलमा पुग्नेछ ।

 



प्रतिक्रिया दिनुहोस !