१४ बैशाख २०८१, शुक्रबार

भक्तपुरको एकान्त कुमारी जात्रा सम्पन्न

प्रकाशित मिति :  15 October, 2021 3:56 pm


भक्तपुर । विजयादशमीको दिन भक्तपुरमा मनाइने एकान्त कुमारीको जात्रा सम्पन्न भएको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने जीवित देवीको रुपमा पूजा गरिने एकान्त कुमारीको पूजा बडादशैँको दशमीका दिन ब्रह्मायणी शक्तिपीठमा पूजा गरिन्छ । पूजा सकिएपछि सुजमारीमा भक्तजनहरुलाई दर्शनका लागि राखेर विधिवत रुपमा कुमारी घर पु¥याएर जात्रा सम्पन्न गर्ने गरिन्छ ।

बडादशैँको दिन तलेजुको आगमघरमा कुमारीलाई लगेर चारवेद पाठसहित पूजा गरिन्छ । पूजाअघि तिबुक्छेमा रहेको कुमारी घर र चतुब्र्रह्मा महाविहारमा गणेश, भैरवलगायत १२ कुमारीसँगै पूजा गरिने तलेजुका पुजारी नरेन्द्रप्रसाद जोशीले बताए ।रासस



प्रतिक्रिया दिनुहोस !