१६ चैत्र २०८०, शुक्रबार

नेपालीमा खोप जनाउने अंग्रेजी शब्द ‘भ्याक्स’ भयो ‘द वर्ड अफ द इअर’

प्रकाशित मिति :  1 November, 2021 12:52 pm


काठमाडौं । अक्सफाेर्ड अंग्रेजी शब्दकोशका कोशकारहरूले ‘भ्याक्स’लाई ‘द वर्ड अफ द इअर’ घोषणा गरेका छन् । खोपको अंग्रेजी शब्द भ्याक्सिन्ससँग सम्बन्धित भएर भ्याक्सको प्रयोग २०२१मा सर्वाधिक भएर आएको हो ।

डब्ल भ्याक्स्ड,अनभ्याक्स्ड र एन्टि भ्याक्सर जस्ता शब्दमा भ्याक्सको प्रयोग यो वर्ष धेरै भएको हो । अक्सफोर्ड इंगलिस डिक्सनरीका सम्पादक फिओना म्याकफर्सनले भ्याक्सको छनौट स्वाभाविक भएपनि यसले सर्वाधिक असर छोडेको बताइन् ।

भ्याक्सी, भ्याक्स अ थोन, भ्याक्सिनिस्टा जस्ता शब्द भ्याक्सबाट बनेका छन् । भ्याक्समा एउटा एक्स र दुईटा एक्स दुवै स्पेलिङ स्वीकार गरिएको छ तर एउटै एक्स भएकाो भ्याक्स बढी व्यवहारमा देखिएको छ।

अक्सफोर्ड इंगलिस डिक्सनरीमा भ्याक्सको परिभाषा बनोटका आधारमा गरिएका छन् । खोप, खोप दिनुका लागि भीएएक्स हुने भयो । भ्याक्सीको अर्थ खोप लिनु अघि पछिको तस्विर लिनुलाई र सोसल मिडियामा सेयर गर्नु , सेल्फी लिनुलाई भनिन्छ ।

एन्टि भ्याक्स भनेको खोपको विरोध गर्नु विशेषणको रूपमा प्रयोग गरिन्छ । एन्टि भयाक्सर भनेको खोपको विरोध गर्ने व्यक्ति जनाउँछ । खोपका दुई माात्रा लिएकाहरूलाई डब्ल भ्याक्स्ड भनिन्छ ।

यसैगरी प्यान्डेमिकको प्रयोग पनि यो वर्ष धेरै भएको छ । ५७ हजार भन्दा बढी प्रतिशत प्यान्डेमिकको प्रयोग भएको छ । प्यान्डेमिकलाई वैश्विक महामारी भनिन्छ ।

अक्सफोड र कोलिन्सले आफ्नो वर्ष शब्द ‘ द वर्ड अफ द इअर’ घोषणा गर्न गर्छ । सन् २०२०मा ‘लकडाउन’लाई कोलिन्सले वर्ष शब्दको रूपमा घोषणा गरेको थियो ।

यसअघि अक्सफोर्डले सन् २०१३मा सेल्फी, २०१४मा भेप, २०१५मा इमोजी टिअर्स अफ जोय,२०१६मा पोस्ट ट्रुथ, सन् २०१७मा युथक्वेक, २०१८, टक्सिक, सन् २०१९मा क्लाइमेट इमरजेन्सी र सन् २०२०मा एक भन्दा धेरै शब्द भएकोले अक्सफोर्डले छुट्टयाएको थिएन् । यसैगरी कोलिन्सले क्रमशः ग्रिक,फोटोबम, बिन्ज वाच, ब्रक्सिट, फेक न्युज, सिंगल युज, क्लाइमेट स्ट्राइक र लकडाउनलाई द वर्ड अफ द इअर घोषणा गरेको बीबीसीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !