३ चैत्र २०८२, मंगलबार

‘महरा सर’को गृह जिल्ला रोल्पामा खुशियाली र्याली

प्रकाशित मिति :  17 February, 2020 7:33 pm


काठमाडौं, ५ फागुन ।

जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएकाे खुशीयालीमा कृष्ण बहादुर महराको गृह जिल्ला रोल्पामा र्याली निकालिएको छ ।

सदरमुकाम लिवाङमा महराको फोटोमाथि ‘सत्यको जित हुन्छ’ लेखिएको व्यानर बनाइ नगर परिक्रमा गरिएको छ।

संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो। अदालतको फैसलापछि सोमवार नै थुनामुक्त भएपछि महरा फेरि संसदका रूपमा फर्कनु हुनेछ।



प्रतिक्रिया दिनुहोस !