१९ मंसिर २०८२, शुक्रबार

वर्षेनी धनतेरसमा खरिद गरिने सुन हाइड्रोक्रोलिक र नाइट्रिक एसिडबाट बन्ने अम्लराजमा पग्लिन्छ

प्रकाशित मिति :  2 November, 2021 2:32 pm


काठमाडौं । अमेरिकाको सरकारी खजानामा रहेको सुनको परिमाण भन्दा भारतको घरपरिवारमा रहेको सुनको परिमाण तीन गुणा बढी रहेको पाइएको छ ।

विश्वमा धेरै सुनको तस्करी गर्ने देशको रूपमा भारत पहिलो हो ।

धन्वन्तरी दिवस वा धनतेरस हरेक वर्ष तिहार सुरु अघि मनाइने गरिन्छ । तिहार मनाउनेहरूले यो दिन सुन किन्ने परम्परा रहेको छ । यो पहेलो धातुले सदैव मानिसलाई मोहनी लगाउने गरेको पाइएको छ ।

सुनबिना मानिसको सभ्यता अधुरो हुन्छ । अमेरिकाको राष्ट्रिय खानी संघले जनाए अनुसार उत्तरी युरोपमा बसेको एक मानव बस्ती इशाको ४ हजार वर्ष पुरानो छ ।

करिब ६ हजार वर्ष पहिले यहाँ सजावटको सामान बनाउने काम पहिलो यो बस्तीमा भएको पाइन्छ ।

भारतको सिन्धु घाटीको सभ्यतामा करिब अढाई हजार वर्ष पहिले सुनको गहनाको प्रयोग भएको पाइन्छ ।

सुन पानी आएजस्तै पृथ्वीमा आएको धातु हो ।

जर्मनी भाषाबाट सुनको नाम गोल्ड आएको छ । गोल्डको अर्थ पहेलो रङ्ग हुनछ । सुनको रसायनिक नाम ल्याटिनको औरमबाट आएको हो । यसको रसायनिक संकट ‘एयु’ हो ।

यसको परमाणु भार ७९ हो । यसको केन्द्रमा ७९ प्रोटोन हुन्छ । सुनमा हावा, पानी र तेजाबको असर हुँदैन् ।

भारतको घरपरिवारमा २५ हजार टन सुन रहेको अनुमान गरिएको छ ।

हाइड्रोक्लोरिक एसिड र नाइट्रिक एसिड मिलाएर बनाइने अम्लराजमा सुन पग्लिएर जान्छ ।

एक ग्राम सुनलाई पिटेर एक मिटर लामो र एक मिटर चौडासम्म तन्काउन सकिन्छ । असी किलो ग्राम वजन भएको मानिसमा २ ग्राम सुन हुन्छ ।

भारतको घरपरिवारमा भएको सुनको परिमाण अमेरिकाको केन्द्रीय रिजर्भ बैंकमा रहेको रिजर्भ सुन भन्दा तीन गुणा बढी रहेको छ ।

भारतको घरपरिवारमा रहेको सुनको परिमाण त्यहाँको जीडीपीको ४० प्रतिशत बराबर रहेको छ ।

अमेरिकाको केन्द्रीय रिजर्भ बैंकमा ८१३३.४६ टन, जर्मनीमा ३३६२.४० टन, इटलीमा २४५१.८ टन,फ्रान्समा २४३६.२ टन, रुसमा२२९८.५ टन, चीनमा १९४८.३ टन, स्विट्जरल्यान्डमा १०४०.० टन, जापानमा ७६५.२ टन, भारत ६८६.८ टन र नेदरल्यान्डमा ६१२.५ टन सुन रहेको छ ।
भारतमा हरेक वर्ष औसत ३सय टन सुन अवैधरूपमा भित्र्याउने गरिन्छ ।।



प्रतिक्रिया दिनुहोस !