२२ बैशाख २०८१, शनिबार

नेप्सेमा फेरी हरियाली छायो, महालक्ष्मी बैंकको सर्वाधिक कारोबार

प्रकाशित मिति :  2 November, 2021 4:44 pm


काठमाडौं । हिजो ओरालो लागेको सेयरबजार आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक आज मंगलबार २३ अंकले बढेको छ ।

केही बैंक तथा वित्तीय संस्थाहरुले लाभांश को साथै चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिहेको अवस्थामा लगानीकताहरुको मनोबल बढेको लगानीकर्ताहरु बताउँछन् ।

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २३.७६ अंकले बढेर २८४३.६२ अंकमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.८४ अंकले बढेर ५३१.४२ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहको सेयर घटेको छ भने बाँकी १० वटा उपसमूहको सेयर बढेको छ ।

आज कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक लिमिटेड सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको ४६ करोड ९७ लाख २३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेमा आज साहास उर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् कम्पनीको सेयरमूल्य २.९५ प्रतिशतले घटेको छ ।

आज कूल २३० वटा कम्पनीको ९९ लाख ७७ हजार ४ सय ८३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८ सय ८८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !