१५ चैत्र २०८०, बिहिबार

हराएका पर्वतारोही खोज्न फ्रेन्च टोली आउँदै

प्रकाशित मिति :  5 November, 2021 1:38 pm


काठमाडौं । आमादब्लम हिमालनजिकै बेपत्ता भएका तीन फ्रान्सेली आरोही खोज्न फ्रान्सले उद्धार टोली पठाउने भएको छ। मिङबो ईगर (६,०१७ मिटर) को पश्चिम मोहडा चढ्न खोज्दा तीन फ्रान्सेली युवा थोमस अर्फी, ग्रेबियल मिलोची र लुइस पचौड हिमपहिरोमा बेपत्ता भएका थिए ।

फ्रान्सको अर्ध-सैनिक बल (जेन्डरम)का सदस्य, विशेषज्ञ र हिम पहिरोमा दक्ष कुकुरसहितको यो टोली नोभेम्बर ५ देखि १७ सम्म नेपाल भ्रमणमा आउने फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !