२२ मंसिर २०७९, बिहिबार

चिनियाँ सेनाले नेपाली सेनालाई दियो ३ लाख डोज भेरोसेल खोप उपहार

प्रकाशित मिति :  8 November, 2021 2:42 pm


काठमाडौं । चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिड कोभिड–१९ विरुद्धको खोप दिएको छ । चिनियाँ जनमुक्ति सेनाले ३ लाख डोज भेरोसेल खोपसहित नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो ।

सोमबार जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चीनका राजदूत होउ यान्छीले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् ।

नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !