२० मंसिर २०७९, मंगलबार

पछिल्लो २४ घण्टामा देशभर ५३३ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  9 November, 2021 4:54 pm


पछिल्लो २४ घण्टामा ५३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जना गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भइ घर फर्कनेको संख्या ४८४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या सात हजार ६१२ रहेको छ भने हालसम्म देशभर कोरोना संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ पुगेको छ । जसमध्ये ७ लाख ९६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ११ हजार ४५४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ११८, भक्तपुरमा १३ र ललितपुरमा ३८ जनामा संक्रमण भएको छ । त्यस्तै मोरङमा ४२, झापामा २२, रुपन्देहीमा २९, कास्कीमा २०, चितवनमा १६, कैलालीमा १५ र दाङमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !