७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा चाडपर्वकाे भूमिका उच्च छः नेपाल

प्रकाशित मिति :  10 November, 2021 7:25 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न नेपालमा मनाइने चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा महत्वपूर्ण योगदान गरिरहेको बताएका छन् ।

छठ पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै छठ पर्वले समाजवादको लक्ष्यमा एकजुट भएर लाग्न सवैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका हुन् ।

“छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु,” शुभकामना शन्देशमा भनिएको छ, “मुख्य रुपमा तराई मधेशमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि हर्षोल्लासका साथ मनाइन्छ, छठ पर्वको सांस्कृतिक विस्तारले विभिन्न क्षेत्र, जात, धर्म र समुदायबीच आपसी सौहार्दतामा बृद्धि गरेको छ ।”

 



प्रतिक्रिया दिनुहोस !