२१ बैशाख २०८१, शुक्रबार

सोमबार सुनको मूल्य ३ सयले घट्यो

प्रकाशित मिति :  15 November, 2021 1:15 pm


काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्य आज ओरालो लागेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ९४ हजार ३ सय र तेजाबी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो आइतबार छापावाला सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !