१३ बैशाख २०८१, बिहिबार

अति राष्ट्रवाद देखाएर राज्यले एमसीसी गुमाउनु हुदैन्: अध्यक्ष गोल्छा

प्रकाशित मिति :  24 November, 2021 4:13 pm


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राज्यले एमसीसी गुमाउन नहुने बताएका छन् ।

बुधवार नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको अर्थचित्र जर्नल विमोचन तथा आर्थिक पत्रकार सम्मान कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गोल्छाले एमसीसी देशको अर्थतन्त्र सुधार गर्ने राम्रो अवसर भएकाले यसलाई पास गराएर लागू गर्नुपर्ने तर्क गरेका हुन् । ‘एमसीसी अर्थतन्त्रको भाइटल हो, यो अवसर गुमाउनु भनेर हिजका दिनदेखि भन्दै आए, आज पनि भन्दै छु र भोलीका दिनमा पनि भन्ने छु,’ अध्यक्ष गोल्छाले भने, ‘अति राष्ट्रवाद देखाएर राष्ट्रको समृद्धीसँग सम्झौता नगरौँ ।’

कोरोनाले थिचेर संकुचित भएको अर्थतन्त्र उकासिने क्रममा रहेकाले यसबारे राज्यले पनि उद्योगी व्यवसायीलाई सहयोग गर्नुपर्ने उनले बताए । हामिले भर्खरै भोगेको कोरोना जस्ता संकट अन्य समयमा पनि अर्थतन्त्र संकटमा परेको उनले सुनाए । ‘म स्मरण गराउन चाहान्छु, ९० को दशकमा हाम्रो अर्थतन्त्र राम्रोसँग चलिरहेको अवस्थामा राजनीतिक परिस्थितिले  अर्थतन्त्र धरासयि भएको थियो, केहि वर्ष अगाडीसम्म १६, १८ घण्टा लोडसेडिङ हुँदा पनि संकुचित अर्थतन्त्रलाई सुधारेर पार लगायौँ,’ अध्यक्ष गोल्छाले भने. ‘कोरोनाको चुनौती हामीले नसोचेको, नदेखेको र पुर्वतयारी नगरेकाले लामो समयसम्म संकुचन भयो । अहिको अवस्थामा अर्थतन्त्र करिब ८० प्रतिशत पुर्नउत्थान भइसकेको छ ।’

करिब करिब पुर्नउत्थान हुने थालेको अर्थतन्त्रमा पर्यटन, साना तथा मझौँला उद्योग र बैंकिङ क्षेत्र भने अझै पुर्नउत्थान हुन नसकेकाले यि क्षेत्रहरुलाई निरुत्साहित गराउन नहुने उनले बताए । अर्थतन्त्रको ६/७ प्रतिशत ओगटेको पर्ययन क्षेत्रलाई कोरोनाको बाहना देखाएर बन्देज लगाउन नहुँने उनको तर्क छ । ‘साना तथा मझौँला उद्योगको हकमा उनीहरु अहिले पनि संकटग्रस्त अवस्थामा भएकाले यसबारे राष्ट्र बैंक र अर्थमन्त्रालयले पनि पहल गर्नपर्छ,’ अध्यक्ष गोल्छाले भने ।



प्रतिक्रिया दिनुहोस !