६ जेष्ठ २०८१, आइतबार

बाँस्कोटाको कमिसन काण्डमा संलग्नता नरहेको स्विस दूतावासको प्रेस व्यक्तव

प्रकाशित मिति :  20 February, 2020 5:38 pm


काठमाडौ, ८ फागुन ।

निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटासँग ‘स्वीस कम्पनीका प्रतिनिधि’ भनेर गरिएको अडियो कुराकानीबारे स्वीजरल्याण्ड दूतावासले कमिसन काण्डमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

स्वीजरल्याण्ड दूतावासले सोसम्बन्धी कुनै पनि छलफलमा दूतावासको संलग्नता नरहेको पनि प्रष्ट पारेको छ।

दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनासँग सम्बन्धित कुनै पनि छलफल नभएको र भविष्यमा पनि नहुने जनाउँदै समाचारमा उल्लेखित व्यक्तिसँग दूतावासको कुनै सम्बन्ध नरहेको र सो व्यक्ति स्वीस कम्पनीको स्थायी एजेन्ट नरहेको उल्लेख गरेको छ।

प्रेस वक्तव्यमा अगाडि भनिएको छ, ‘स्विस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार छैन । न त यसमा कुनै संलग्नता छ ।’



प्रतिक्रिया दिनुहोस !