२० बैशाख २०८१, बिहिबार

महाशिवरात्रीमा पशुपति आएका साधु-सन्तहरुको विदाई

प्रकाशित मिति :  23 February, 2020 5:48 pm


काठमाडौ, ११ फागुन ।

महाशिवरात्रीको अवसरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ। महाशिवरात्रीको अवसरमा छिमेकी भारत लगायत विभिन्न ठाउँबाट आएका ५ हजारभन्दा बढी साधुसन्तहरुको आइतबार विदाई गरिएको हो।

गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित सन्तहरुको बिदाइ गरेको हो। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले ५ हजारभन्दा बढी साधुसन्तहरुको विदाई गरिएको बताए। विभिन्न श्रेणीअनुसार १ हजारदेखि १० हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाई गरिएको उनले बताए। गुठीको परम्परा अनुसार साधुहरुलाई दक्षिणा दिएर उनीहरुको विदाई गरिएको हो।

साधु सन्तहरुका लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको थियो। विभिन्न ठाउँबाट आएका सन्तहरुको खाना तथा बस्नको व्यवस्था शिवालय क्षेत्रमा गरिएको थियो। त्यसको व्यवस्थापनका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको कोषले जनाएको छ। विदाई समारोहमा दक्षिणाको विषयमा असन्तुष्टि जनाउँदै केही साधुसन्तहरुले असन्तुष्टि व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस !