७ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  2 December, 2021 5:00 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । कुल ११ हजार ४ सय ३ जनाको कोरोना परीक्षण मध्ये ९ हजार ५ सय ११ को पीसीआर र १ हजार ८ सय ९२ को एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म ११ हजार ५ सय ३५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २ सय १ जना उपचारपछि निको भएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ७ हजार ४५ पुगेको छ भने बिहीबार १ लाख ४१ हजार ५ सय ५७ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । ।



प्रतिक्रिया दिनुहोस !