२२ बैशाख २०८१, शनिबार

नेपाल प्रहरीका सई बर्दीमै टिकटक बनाएपछि कारबाहीमा

प्रकाशित मिति :  23 February, 2020 6:06 pm


काठमाडौ ,११ फागुन ।

प्रहरीको बर्दीमा टिकटक भिडियो बनाएको आरोपमा नेपाल प्रहरीका एक अधिकारी कारबाहीमा परेका छन् ।महानगरीय प्रहरी प्रभाग सुडाल, भक्तपुरका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (सई) रत्नबहादुर थापा कारबाहीमा परेका हुन् ।

प्रहरी आचरण विपरितको कार्य गरेको भन्दै उनलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले इञ्चार्जबाट तानेर अनुसन्धान थालेको छ ।

प्रहरी आयुक्त विश्वराज पोखरेलले थापाको ठाउँमा सई राजु प्रसाईंलाई पठाइसकिएको अनलाइनखबरलाई बताए ।

‘बर्दीको दुरुपयोग गर्दै टिकटकमा भिडियो बनाउने अन्यविरुद्ध पनि अनुसन्धान भइरहेको छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले भने, ‘प्रहरी नियमावलीमा भएको व्यवस्था बमोजिम उहाँहरुमाथि कारबाही हुन्छ ।’



प्रतिक्रिया दिनुहोस !