१४ बैशाख २०८१, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक

प्रकाशित मिति :  3 December, 2021 11:10 am


सानोठिमी ।  कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

शर्माका अनुसार परीक्षामा मुलुकभरबाट ३ लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए । परीक्षामा सहभागीमध्ये  ७ हजार ६३ जना परीक्षार्थीले ए प्लस ग्रेड ल्याएका छन् । यस्तै, ४८ हजार २ सय ३९ परीक्षार्थीले ए, ७० हजार १ परीक्षार्थीले बी प्लस, ९९ हजार ५३७परीक्षार्थीले  बी, ७५ हजार ८८ परीक्षार्थीले सीप्लस, २४ हजार ५१५ परीक्षार्थीले सी, ३ हजार ८ सय ७५ परीक्षार्थीले डीप्लस, २९६ परीक्षार्थीले डी र १० हजार ७३ परीक्षार्थीले इ ग्रेड ल्याएका छन् ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोरोना माहामारीका कारण २ पटकसम्म परीक्षाको तालिका सारिएको थियो । सिस्टममा अपलोड भइनसकेकोले केही समयपछि मात्रै नतिजा हेर्न मिल्ने बोर्डले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !