१६ चैत्र २०८०, शुक्रबार

नमूना आमा समूहले दियो महिलाहरुलाई क्षमता अभिवृद्धि तालिम

प्रकाशित मिति :  5 December, 2021 11:42 am


रुपन्देही । महिला सशक्तीकरणमा योगदान पु¥याउने उद्देश्यसहित रुपन्देहीको तिलोत्तमा–३ स्थित नमूना आमा समूहले “महिला क्षमता अभिवृद्धि तालिम” सम्पन्न गरेको छ ।

आमा समूहमा आवद्ध महिलाहरुलाई लक्षित गरेर मंसिर १२ गतेदेखि एकहप्ते तालिम आयोजना गरिएको हो । तालिममा ३० जना महिलाको सहभागिता रहेको थियो । तालिममा तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेल र लुम्बिनी मिडिया हव प्रालिका प्रमुख प्रकाश गौतमले सहजीकरण गरेका थिए ।

तालिम समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टंकप्रसाद तिवारीले तालिम लिईसकेपछि हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए ।

उनले अवसर पाउने हो भने महिलाहरु पनि अगाडि बढ्न सक्छन् भन्ने कुराको उदाहरण तालिमले दिएको भन्दै यस्ता रचनात्मक काममा नगरपालिका र वडाको सदैव साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । महिलाको क्षमता बिकासमा आफुले जस्तो सुकै योजना ल्याउन तयार रहेको बताउदै वडाध्यक्ष तिवारीले उचित खालको सल्लाह दिन समेत आग्रह गरे ।

दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद पोखरेलले महिलाहरुको क्षमता अभिवृद्धि तालिम समाज रुपान्तरणकै एउटा पाटो भएको भन्दै यसले महिलाहरुलाई सक्षम बनाउने मात्र नभई देश विकासमै योगदान गर्ने बताए ।

नगर कार्यपालिका सदस्य गिता सापकोटाले महिलाहरु घरबाहिर निस्कनु हुँदैन भन्ने कुरा बिस्तारै हट्दै गएको र यस्ता तालिमले महिलाहरुको क्षमता विकास र आत्मनिर्भरतमा भूमिका खेल्ने बताइ्न् ।

प्रशिक्षकद्वय लक्ष्मण पौडेल र प्रकाश गौतमले यो तालिमले महिलाहरुमा आफ्नो कुरा आफै राख्न क्षमताको विकास भएको बिस्वास आफुहरुले लिएको बताउँदै नेतृत्व विकासमा यस्ता तालिम उपलब्धिमूलक हुने बताए ।

नमूना आमा समूहकी अध्यक्ष विष्णुमाया पोखरेलले आउँदा दिनहरुमा पनि महिलाका लागि कार्यक्रम ल्याउने बताउँदै सक्रियतापुर्वक तालिममा सहभागिता जनाएकोमा सबैलाई धन्यवाद व्यक्त गरिन् ।

 



प्रतिक्रिया दिनुहोस !