१२ बैशाख २०८१, बुधबार

पछिल्लो २४ घण्टामा देशभर २०५ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  5 December, 2021 4:07 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २०५ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ७४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०० र एन्टिजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४३६ जना सङ्क्रमणमुक्त भएका छन् भने हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ४ हजार ५४४ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् भने हालसम्म देशभर ११ हजार ५४१ जनाले ज्यान गुमाइसकेका मन्त्रालयले जनाएको छ ।

हालसम्म १ करोड ९० लाख ५० हजार ८३४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८६ लाख ९७ हजार ९८९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख ५२ हजार ८४५ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !