१४ बैशाख २०८१, शुक्रबार

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट भेटियो

प्रकाशित मिति :  6 December, 2021 1:23 pm


काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले नेपालमा ओमिक्रोन भेटिएको जानकारी दिए । ।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको अधिकारीले जानकारी दिए । मन्त्रालयले पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको जनाएको छ ।

 

दुवै जनामा कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !